दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने « Khabarhub

दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत सबस्टेशन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ।

निर्माण सम्पन्न भएर पनि स्थानीयको विवादको कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेशन सुचारूको लागि शनिबार वैतेश्वर गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र र निर्माण कम्पनी ग्रीड सोलार एण्ड इनर्जी र स्थानीय बिच सहमति गरी १५ दिनभित्र उक्त सबस्टेशन सञ्चालन गर्न ११ केभीको स्तरोन्नति गरी ३३ केभीलाइनको लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत प्रवाहको लागि ३३ केभी लाई विस्तार गर्न १६ वटा विद्युतिय पोल गाड्ने सहमति भएको वैतेश्वर-६ नाम्दुका वडा अध्यक्ष अशोक तामाङले जानकारी दिए।

शनिवार बिहान वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा, उपाध्यक्ष कल्पना उप्रेती, वडा अध्यक्ष अशोक तामाङ, कमल अधिकारी, नेपाल विद्युत प्राधिकरण दोलखाकी इन्जिनियर समृद्धि भट्टराई, लेखा अधिकृत माधव प्रसाईं, नेपाल विद्युत प्राधिकरण ग्रीड सोलार एण्ड इनर्जी आयोजनाका प्रतिनिधि तथा निर्माण व्यवसायी सन्तोष थापा  र स्थानीयबीच संयुक्त बैठक बसी सवस्टेशनको बाकी निर्माण कार्य १५ दिनभित्र सक्ने निर्णय गरिएको हो।

२ वर्ष अघिनै निर्माण सकिएको उक्त सबस्टेशन स्थानीयले  साविक ११ केभीको नाम्दु क्षेत्रपा र ३३ केभीको नाम्दु- मैनापोखरी-जिरीको लाइनमा स्तरोन्नति गर्न लुप आउटको लागि आवश्यक पोल गाड्न नदिएको कारण दुई वर्षदेखि विवाद उत्पन्न भएपछि सवस्टेशन सञ्चालन हुन नसकेको नेपाल विद्युत प्राधिकरण ग्रीड सोलार एण्ड इनर्जी सबस्टेशन आयोजनाका प्रतिनिधि दिलकुमार मानन्धरले बताए।

उक्त सबस्टेशन सञ्चालन हुँदा वैतेश्वरका स्थानीयहरुले पटकपटक विद्युत समस्या झेल्दै आइरहेका छन्। लामो दुरीको ३३ केभीमा समस्या आउँदा सिङ्गो वैतेश्वरको लाइन जाने गर्छ तर नाम्दु सवस्टेशनबाट लुप आउट लाइन छुट्याएपछि जिरीमा लाइन समस्या भएपनि वैतेश्वरलाई मात्रै छुट्टै लाइन छोड्न सकिने दोलखा वितरण केन्द्रका लेखा अधिकृत माधव प्रसाईंले बताए।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ४ : १७ बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक

आईसीसी टी–२० विश्वकप : नेदरल्याण्ड्सबाट पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय

११ हतियार स्थानीय प्रशासनलाई फिर्ता

चितवन– जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि