दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने « Khabarhub

दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत सबस्टेशन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ।

निर्माण सम्पन्न भएर पनि स्थानीयको विवादको कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेशन सुचारूको लागि शनिबार वैतेश्वर गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र र निर्माण कम्पनी ग्रीड सोलार एण्ड इनर्जी र स्थानीय बिच सहमति गरी १५ दिनभित्र उक्त सबस्टेशन सञ्चालन गर्न ११ केभीको स्तरोन्नति गरी ३३ केभीलाइनको लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत प्रवाहको लागि ३३ केभी लाई विस्तार गर्न १६ वटा विद्युतिय पोल गाड्ने सहमति भएको वैतेश्वर-६ नाम्दुका वडा अध्यक्ष अशोक तामाङले जानकारी दिए।

शनिवार बिहान वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा, उपाध्यक्ष कल्पना उप्रेती, वडा अध्यक्ष अशोक तामाङ, कमल अधिकारी, नेपाल विद्युत प्राधिकरण दोलखाकी इन्जिनियर समृद्धि भट्टराई, लेखा अधिकृत माधव प्रसाईं, नेपाल विद्युत प्राधिकरण ग्रीड सोलार एण्ड इनर्जी आयोजनाका प्रतिनिधि तथा निर्माण व्यवसायी सन्तोष थापा  र स्थानीयबीच संयुक्त बैठक बसी सवस्टेशनको बाकी निर्माण कार्य १५ दिनभित्र सक्ने निर्णय गरिएको हो।

२ वर्ष अघिनै निर्माण सकिएको उक्त सबस्टेशन स्थानीयले  साविक ११ केभीको नाम्दु क्षेत्रपा र ३३ केभीको नाम्दु- मैनापोखरी-जिरीको लाइनमा स्तरोन्नति गर्न लुप आउटको लागि आवश्यक पोल गाड्न नदिएको कारण दुई वर्षदेखि विवाद उत्पन्न भएपछि सवस्टेशन सञ्चालन हुन नसकेको नेपाल विद्युत प्राधिकरण ग्रीड सोलार एण्ड इनर्जी सबस्टेशन आयोजनाका प्रतिनिधि दिलकुमार मानन्धरले बताए।

उक्त सबस्टेशन सञ्चालन हुँदा वैतेश्वरका स्थानीयहरुले पटकपटक विद्युत समस्या झेल्दै आइरहेका छन्। लामो दुरीको ३३ केभीमा समस्या आउँदा सिङ्गो वैतेश्वरको लाइन जाने गर्छ तर नाम्दु सवस्टेशनबाट लुप आउट लाइन छुट्याएपछि जिरीमा लाइन समस्या भएपनि वैतेश्वरलाई मात्रै छुट्टै लाइन छोड्न सकिने दोलखा वितरण केन्द्रका लेखा अधिकृत माधव प्रसाईंले बताए।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ४ : १७ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज