‘निर्यात बढाउन हरसम्भव प्रयत्न गर्नेछु’ « Khabarhub

‘निर्यात बढाउन हरसम्भव प्रयत्न गर्नेछु’


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरान सरोकार समाजले शनिबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा घिमिरेले आर्थिक कूटनीति, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, बेलायतबाट उच्चपदस्थका अधिकारीलाई नेपाल भ्रमणमा ल्याएर पारस्परिक सम्बन्धलाई नयाँ तहमा पुर्‍याउने र भूतपूर्व गोर्खा सैनिकसम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन हरतरहले प्रयास गर्ने बताए। 

पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा, सदस्य सन्दीप भण्डारीलगायत काठमाडौँलाई कार्यस्थल बनाएर लामो समयदेखि यहाँ रहेका धरानका बासिन्दाले नेपाल–बेलायतसम्बन्ध विस्तारमा प्रस्तावित राजदूत घिमिरेको सफल कार्यकालको कामना गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : २१ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,