छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै « Khabarhub

छ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराकासाथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन ।

विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे पनि वाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् । 

सुरुआती चरणदेखि महाअभियानमा जुट्नुभएका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि वाग्मती सफा देखिन नसकेको बताउँछन् ।

 वाग्मतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नुजस्ता कारणले अझै वाग्मती सफाइ हुन नसकेको उनको निष्कर्ष छ । 

महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन ।

सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताउँछन् । ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे । अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताए। समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ ।

वाग्मती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो। वाग्मती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै त्यस क्षेत्रका वाग्मती किनारमा रोपिएका बोट बिरुवा गोड्मेल पनि गरिएको थियो । 

वाग्मती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : १३ बजे

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जनमत प्राप्त गरेका

रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकसहित विश्वका पार्टीको शुभकामना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत