सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु « Khabarhub

सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले सिरियामा बिहीबार गरेको हवाई आक्रमणमा इस्लामिक जिहादका दुई वरिष्ठ नेताको मृत्यु भएको गाजामा हमाससँगै इजरायलविरुद्ध लडेको प्यालेस्टिनी समूहको एक स्रोतले बताएको छ। 

दमास्कस नजिकैको कुद्सायामा भएको आक्रमणमा इस्लामिक जिहादको राजनीतिक ब्यूरोका सदस्य अब्देल अजिज मिनावी र समूहका विदेश सम्बन्ध प्रमुख रस्मी अबु इसाको मृत्यु भएको स्रोतले शनिबार एएफपीलाई जानकारी दिएको छ ।

उक्त स्रोतका अनुसार सिरियामा समूहको एउटा कार्यालय रहेको भवनलाई लक्षित गरी गरिएको आक्रमणमा इस्लामिक जिहादका अर्का एक सदस्यको पनि मृत्यु भएको थियो ।

सिरियामा भएका व्यक्तिगत आक्रमणबारे विरलै टिप्पणी गर्ने इजरायली अधिकारीहरूले बिहीबार इस्लामिक जिहादलाई लक्षित गरी गरिएको आक्रमणको जिम्मेवारी लिएका छन् ।

एएफपीले शनिबार सम्पर्क गर्दा इजरायली सेनाले भने दुई नेताको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । बेलायतस्थित सिरियाली मानव अधिकारवादी समूह (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) का अनुसार बिहीबार दमास्कस र आसपासमा इजरायली आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ ।

राजधानीको बाहिरी इलाकामा भएको आक्रमणमा परी १० जना इस्लामिक जिहादी लडाकुको मृत्यु भएको समूहले जनाएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले शुक्रबार पुनः माजेह जिल्लामा आक्रमण गरेको छ ।

लेबनानी सीमा नजिकका क्षेत्रलगायत सिरियामा मुख्यतः लेबनानी आन्दोलन हिजबुल्लाहका पूभाव क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र भएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणका क्रममा इस्लामिक जिहादले कैयौँ इजरायलीलाई बन्धक बनाएको थियो भने अझै पनि करिब १०० को हाराहारीमा बन्धकलाई मुक्त गर्न सकिएको छैन ।

यस हप्ताको सुरुमा उक्त समूहले २९ वर्षीया रूसी–इजरायली बन्धक साशा ट्रुपानोभको दुई भिडियो क्लिप सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ४१ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ