जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन « Khabarhub

जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिएका छन् । 

आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन गर्दै उनले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। 

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गरे। सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो ।

पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा  काम गर्न निर्देशन दिए।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताए। 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ०१ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी