माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने « Khabarhub

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालन गर्न राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने भएको छ ।

माल्टाको बिरकिरकरामा घुम्ती सेवा शिविर सञ्चालन गरेर राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन टोली यही नोभेम्बर ३० तारिखमा माल्टा जाने दूतावासले जनाएको छ ।

राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई माल्टाबाटै सेवा प्रदान गर्ने उद्देश्यका साथ टोली पठाउन लागिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए ।

टोलीले आगामी डिसेम्बर ४ तारिखसम्म माल्टामा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त सङ्कलन गर्ने तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा दिने कार्यवाहक राजदूत पौड्यालले बताए । पाँच दिनसम्म चल्ने उक्त शिविरमा तीन कर्मचारी खटिने उनले बताए ।

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएको र माल्टामै जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने जनाएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि २५ नोभेम्बरभित्र अनलाइन आवेदन फारम भरिसक्न र शिविरबाट राहदानी नवीकरण लगायतका आवश्यक सेवा लिन आग्रह गरिएको छ । माल्टामा नेपाली दूतावास नभएका कारण विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ९ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल