एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल | Khabarhub Khabarhub

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताए ।

उनले भने, “मुगु रारालाई सिरानमा राखेर कर्णाली करिडोर र डोल्पाको शे–फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोरमार्फत धेरैभन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।” मुख्यमन्त्री कँडेलका अनुसार हुम्लाको खार्पुनाथ नदीमा मात्र बेलिब्रिज जोड्न सके तीनचार महिनामा सुर्खेतदेखि हिल्सासम्म एउटै गाडीबाट पुग्न सकिने अवस्था छ ।

हराउने खालको नभई देखिने तीन क्षेत्र कृषि, पर्यटन र लघु घरेलु उद्योगहरूमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरी गर्ने सोचअनुसार प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध ढङ्गले अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरी आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।

मगन्तेका रूपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर–सुर्खेत, दुई लेनको सुर्खेत–हिल्सा, सुर्खेत–डोल्पा, गमगढी–सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनः निर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी सङ्घीय सरकारसँग भइरहेको जिकिर गर्दै उनले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने प्रयत्न गरेको जनाए ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग वाणिज्य सङ्घको प्रतिवेदनमा समाविष्ट विषयहरू प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्री कँडेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिए । प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नूस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । सरकार, निजी क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उनको भनाइ थियो । उक्त साधारणसभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उद्योगी, व्यवसायी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ९ : ४७ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट