प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति « Khabarhub

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना कार्ड’ बारेको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष दाहालले १४ नोभेम्बरमा द हिन्दूसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले ‘चाइना कार्ड’प्रयोग गरे भनि गरेको टिप्पणीको भर्त्सना गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेर’ चीन भ्रमणको निर्णयलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य हो’, विज्ञप्तिमा लेखिएको छ ।

यस्तो कार्य कूटनीतिक प्रोटोकलको सरासर उल्लङ्घन भएको एमालेले जनाएको छ । उनको अभिव्यक्तिले नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको एमालेको ठहर छ । ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन, प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन’, विज्ञप्तिमा लेखिएको छ ।

प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ । एमाले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको स्पष्ट पारेको छ । यस्ता विचारहीन टिप्पणीले दुई छिमेकी राष्ट्रहरूसँग नेपालको बलियो र समान साझेदारीलाई जोखिममा पार्ने खतरा रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा प्रचण्डले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने आधारहीन आरोप लगाएको एमालेले जनाएको छ । ‘उहाँको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र राजनीति प्रदर्शन गरेको एमालेको दाबी छ । ‘उहाँको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिको दृष्टिकोणले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढवा दिन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको एमालेले स्पष्ट पारेको छ । यसले बुद्धि, सावधानी र जिम्मेवारीको माग गर्ने बताउँदै एमालेले प्रचण्डको भनाइ निराधार मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको जनाएको छ । नेपालको परराष्ट्र नीति मौलिक रूपमा असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तमा आधारित रहेको एमालेले स्पष्ट पारेको छ ।

नेकपा एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १० : २५ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो