आज २०८१ साल पुस १ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस १ गते सोमबारको राशिफल


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस १ गते सोमबार तदनुसार सन् २०२४ डिसेम्बर १६ तारिख। पौष कृष्ण प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा आलस्यले समय लिनेछ। गफगाफमा दिन बित्नेछ। सञ्चित धनको खर्च हुनेछ। दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृष : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिन छ।

कर्कट : दिन सामान्य राम्रो छ। विदेशी साथीको साथ र सहयोग मिल्नेछ। विदेशी लगानी भए फाइदा हुनेछ। विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

सिंह : दिन राम्रो छ। आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास केही समय कुर्नुपर्नेछ। रोगबाट मुक्त हुने दिन छ। साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पढ्न जोस र जाँगर बढ्नेछ। अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ। परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ।

तुला : दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा उत्साह बढ्नेछ। आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ। साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा खर्च बढ्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। थोरै धनले महत्त्वपपूर्ण काम बन्नेछ। व्यापारमा लगानी गर्नुपर्ने समय छ। स्वास्थ्यमा गरेको लगानीबाट लाभ हुनेछ। विपक्षीले असहयोग गर्ने हुँदा सचेत बन्नुपर्नेछ। परिवारसाँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ। कर्मशील साथीसँग भेट हुनेछ। साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिमे छ।

कुम्भ : मध्यसाढेसाती दशा भए पनि शुभग्रहको बहुमत छ। शिक्षामा मन जानेछ। धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा अल्छीपनले समस्या हुनेछ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०९ बजे

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय