पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ? « Khabarhub

पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा १३ जना महिलासहित ५२ जना निर्वाचित भएका छन् । यीमध्ये केही निर्विरोध भएका छन् । आइतबार राति प्रकाशित अन्तिम नतिजा अनुसार निर्मला शर्मा महासंघकी प्रथम महिला अध्यक्ष बनेकी छिन् ।

पत्रकार महासंघको चुनावमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनले आपसी गठबन्धन गरेका थिए । यसअनुरुप एमाले निकट शर्मा अध्यक्षमा निर्वाचित भइन् भने कांग्रेस निकट रामप्रसाद दाहाल महासंघमा निर्वाचित भए ।

महासंघका निवर्तमान उपाध्यक्ष रमेश विष्ट बागी उम्मेदवारका रुपमा माओवादी निकट प्रेस संगठनको साथ लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

विष्टको प्यानल पराजित भए पनि कोषाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी निकट रामकृष्ण अधिकारीले जितेका छन् । त्यस्तै धेरैवटा पदमा ‘बागी’ उम्मेदवारहरुले जितेका छन् । जस्तो– प्रदेश एशोसिएट सदस्यमा बागी उठेको भन्दै एमाले नेता पार्वत गुरुङको समेत खप्की खाएकी मनुका कुँवरले जित हासिल गरेकी छिन्।

यो पनि-

पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विजयी निर्मला शर्मा

हेर्नुहोस् चुनावी नतिजा–

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : २१ बजे

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा

स्याङ्जाको चुनावी प्रतिस्पर्धामा को अगाडि ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रचार–प्रसार

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण