ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित « Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ। खेल सुरु भएको चौथो मिनेटमा ओस्कार रोड्रिगुयजको कर्नरमा सर्जियो गोन्जालेजले गरेको हेड गोलमा लेगानेसले अग्रता लिएको थियो। खेल अवधिभर बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

सो खेलमा बार्सिलोनाका राफिन्होको प्रहार क्रस बारमा लागेका थियो। स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ। १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ। चौथो स्थानमा रहेको एथलेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

आइतबार भएका अन्य खेलमा एट्लेटिकको म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ भने रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ। अर्को खेलमा अल्भास र एथलेटिक बिलबोओको बिचमा १-१ गोलको बराबरी भएको छ। यसैगरी रियल सोसिडाड र लास पल्मासबिच गोलरहित बराबरी भएको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४३ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती