ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित « Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोना लेगानेससँग पराजित


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लेगानेससँग १-० ले पराजित भएको छ। खेल सुरु भएको चौथो मिनेटमा ओस्कार रोड्रिगुयजको कर्नरमा सर्जियो गोन्जालेजले गरेको हेड गोलमा लेगानेसले अग्रता लिएको थियो। खेल अवधिभर बार्सिलोनाले दबाब दिए पनि गोल गर्न सकेन।

सो खेलमा बार्सिलोनाका राफिन्होको प्रहार क्रस बारमा लागेका थियो। स्पेनिस ला लिगमा १८ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित शीर्ष स्थानमा छ। १७ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिडको समेत ३८ अङ्क छ भने १७ खेल नै खेलेको रियल म्याड्रिडको ३७ अङ्क छ। चौथो स्थानमा रहेको एथलेटिक क्लबको १८ खेलमा ३३ अङ्क छ।

आइतबार भएका अन्य खेलमा एट्लेटिकको म्याड्रिडले गेटाफेलाई १-० ले हराएको छ भने रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ। अर्को खेलमा अल्भास र एथलेटिक बिलबोओको बिचमा १-१ गोलको बराबरी भएको छ। यसैगरी रियल सोसिडाड र लास पल्मासबिच गोलरहित बराबरी भएको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४३ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी