एनपीएल : सुदूरपश्चिम र कर्णाली भिड्दै « Khabarhub

एनपीएल : सुदूरपश्चिम र कर्णाली भिड्दै


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजे सुरु हुनेछ।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। यो खेललाई अन्य टिमलेसमेत चासोका साथ हेरेका छन्।

सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

अहिलेसम्मको तालिकामा सुदूरपश्चिम ६ खेल खेल्दा १० अंकका साथ शीर्ष स्थानमा छ। सात खेल खेलिसकेको जनकपुरकोसमेत १० अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ।

चितवन, कर्णाली र काठमाडौं गुर्खाजको समान ८ अंक छ। चितवन र काठमाडौंले सात खेल खेलिसकेका छन् भने कर्णाली आज अन्तिम खेल खेल्दैछ।

आजको खेल नतिजापछि कर्णाली याक्स र काठमाडौंमध्ये एक टिमले प्लेअफमा स्थान पक्का गर्नेछन्। कर्णाली सोमपाल कामीको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : २७ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले