लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी « Khabarhub

लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लन्डन – इङ्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ।

चेल्सीको प्रिमियरसिपको यो लगातार पाँचौँ जित हो। जितसहित चेल्सीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई २ अङ्कमा झारेको छ। लिभरपुलको ३६ तथा चेल्सीको ३४ अङ्क छ।

पहिलो गोल गरेका मार्क कुरेलाले हाफ टाइमपछि रातो कार्ड पाएको सो खेलमा चेल्सीका लागि निकोलास ज्याक्सनले विजयी गोल गरे।

४३ औं मिनेटमा कुरेलाको गोलमा चेल्सीले अग्रता लिएको थियो। ब्रेन्टफोर्डका लागि ब्रायन एम्बुबेले गोल गरे।

अर्को खेलमा टोटनहाम हस्टस्पर्सले पुछारको टोली साउथहाम्टनलाई ५–० ले हराएको छ। सो जितसहित हस्टस्पर्सको ५ खेलको विजयहीन यात्रा सकिएको छ।

जेम्स मेडिसनले दुई गोल गरेको खेलमा सन ह्युङ मीन, डेजान कुलेभ्सी र पेप सारले थप गोल गरे।

अर्को खेलमा ब्रिङटनलाई ३-१ ले हराउँदै क्रिस्टल प्यालेस रेलिगेसन जोनबाट ४ अङ्कले बाहिर निस्केको छ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : १९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका