१० औं ओभरको समाप्तिमा कर्णालीले गुमायो चार विकेट « Khabarhub

१० औं ओभरको समाप्तिमा कर्णालीले गुमायो चार विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले १० ओभरको समाप्तिमा चार विकेट गुमाएको छ । १० ओभरको समाप्तिमा कर्णालीले चार विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ ।

कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो । वाल्टन ८.३ ओभरमा सैफ जैबको बलमा एलबिडब्लु आउट भएका हुन् ।

कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । १२ बलको सामना गर्दै सात रन बनाएका खनाल रनआउट भएका हुन् ।

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो ।

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए । पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो । कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ५५ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले