कर्णालीले ६ विकेट गुमायो : गुल्सन झा रनआउट « Khabarhub

कर्णालीले ६ विकेट गुमायो : गुल्सन झा रनआउट

१६ औं ओभरमा दीपेन्द्रले लिए बोसिस्टोको विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले ६ विकेट गुमाएको छ। १६.२ औं ओभरको समाप्तिमा कर्णालीले ६ विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ।

१६.२ बलमा कर्णालीले गुल्सन झालाई गुमाएको हो। झा २ बलमा दुई रन बनाएर आउट भएका हुन्।

१५.५ बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका विलियम बोसिस्टोको विकेट लिएका हुन्। बोसिस्टो २४ बलमा १६ रन बनाएर आउट भएका हुन्।

कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो। वाल्टन ८.३ ओभरमा सैफ जैबको बलमा एलबिडब्लु आउट भएका हुन्।

कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल रनआउट भएका हुन्।

तस्बिर : चिरायु शाक्य

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो।

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए। पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो। कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २३ बजे

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को