कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट | Khabarhub Khabarhub

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर दुई विकेट लिएका हुन् । उसका लागि स्कट कुग्गेलिजन, हरमित सिंहले दुईदुई विकेट हात पार्दा सैफ जैबले एक विकेट हात पारे ।

कर्णालीका लागि जिशान मकसुदले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले चार चौका हिर्काए । विलियम बोसिस्टोले १६ रन बनाउँदा बाबर हयात १३ रनमा समेटिए । कर्णालीका लागि कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११–११ रन बनाए । देव खनाल ७ र गुल्सन झा २ रनमा रनआउट भए । ओपनर रित गौतम भने तीन बलको सामना गरेर शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ३९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई