प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन | Khabarhub Khabarhub

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कास्की– सहकारीको बचत रकम घोटलामा मुछिएका पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनै मुद्दा एकै पटक जिल्ला अदालत कास्कीमा दर्ता हुनेछन् ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछानेलाई दोषी देखाएको थियो । समितिले सहकारी प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ गते पक्राउ परेका थिए । कात्तिक ३ गतेदेखि उनी कास्की प्रहरीको हिरासतमा छन्।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले सम्भवतः सोमबार नै जिल्ला अदालतमा लामिछानेविरुद्धको फाइल लैजाने सम्भावना छ ।

कास्की प्रहरीका अनुसार लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ०५ बजे

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व संकलन

भद्रपुर– यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी– सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको