एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ « Khabarhub

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बैंगलुरू- एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले सनसनी मच्चिएको छ।

बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड नोट लेखेर ९० मिनेटको भिडियो बनाएका थिए ।

जसमा उनले श्रीमती र सासूलाई आफूमाथि शोषण गरेको आरोप लगाएका थिए । अभियुक्तको नाममा अतुलकी श्रीमती निकिता सिंघानियन, सासू निशा, जेठाजु अनुराग र निकिताका काका सुशील छन् ।

उनीहरू सबै उत्तर प्रदेशको जौनपुरका बासिन्दा हुन् । तर सुसाइड नोट र भिडियो सार्वजनिक भएपछि सबै फरार भएका थिए ।

बेंगलुरु प्रहरीले निकिता, निशा, अनुरागलाई डिसेम्बर १५ मा पक्राउ गरेको छ । प्रहरीले तीनै जनालाई पक्राउ गरेकोबारे जानकारी दिएको छ ।

समाचारअनुसार अतुल सुभाष आत्महत्या प्रकरणका आरोपी पक्राउ परेको कथा कुनै फिल्मी कथाभन्दा कम छैन ।

बेंगलुरु प्रहरीले निकिता गुरुग्राममा लुकेको पत्ता लगाएको थियो । उनकी आमा र भाइ भने प्रयागराजमा लुकेको सूचना दिने व्यक्तिबाट प्रहरीले जानकारी पाएको बताएको छ । प्रहरीले डिसेम्बर १३ मा राति तीनैजनाको स्थान फेला पारेको थियो ।

पहिले प्रहरीले निकितालाई गुरुग्रामको सेक्टर–५७ स्थित ब्लसम स्टेज पेइङ गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।

त्यसपछि झुन्सीको एक होटलमा छापा मारिएको थियो । यसका लागि प्रहरी कर्मचारी आमा शिवप्पा, विनीता ए डाक्टर र नर्स बनेर होटलमा बस्न गएका थिए ।

त्यहाँ होटलको दर्ता बुक हेर्दा निशा र अनुराग कोठा नम्बर १११ मा र प्रहरी कर्मचारी रुम नम्बर १०१ र १०८ मा बसेको पाइएको थियो । सुरक्षाकर्मीले रातभर दुवैलाई निगरानीमा राखेका थिए ।

निकिताको लोकेशन सर्भिलेन्समार्फत ट्रेस गरिएको थियो । भोलिपल्ट डिसेम्बर १५ गते बिहान प्रहरी एक एक गरी कोठामा गएर दुवैसँग कुराकानी गरेका थिए ।

त्यसपछि प्रहरी कर्मचारीले दुवैलाई लिएर ट्याक्सी बुक गरेर एयरपोर्ट पुगे, त्यहाँबाट बेंगलुरुको लागि उडान गरे।

उनको एउटा गल्तीले प्रहरीलाई निकितासम्म पुर्‍यायो । प्रहरीले निकिताले काम गरेको कम्पनीबाट उनको मोबाइल नम्बर लिएको थियो ।

प्रहरीले उक्त नम्बरलाई निगरानीमा राखेको थियो । निगरानीका क्रममा प्रहरीले निकिताको लोकेशन पत्ता लगाएको थियो । उनी मोबाइलबाटै आमा र भाइसँग लगातार कुरा गरिरहेकी थिइन् । त्यसैले उनी प्रहरीले समातिन् ।

बेंगलुरुको मराठाली पुलिस स्टेशनको टोलीले मुद्दाको कागजात संकलन गरिरहेको छ। दोस्रो टोलीले निकिताको खोजी गरिरहेको थियो । तेस्रो टोलीले आमा र भाइको खोजी गरिरहेको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : २९ बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना