सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ « Khabarhub

सरकार जनताप्रति उत्तरदायी छः मन्त्री गुरुङ


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधै उत्तरदायी रहेको बताएका छन् ।

आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधै प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् ।

उनले सहकारीमा भएको बेथितीलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, ऊखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताए ।

दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उनको भनाइ थियो । साथै उनले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ३१ बजे

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ