बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न « Khabarhub

बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न भएको छ । विश्वशान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरेका छन् ।

मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को उपस्थितिमा आज समापन गरिएको हो । प्रणिधान र बुद्धपाठले दश दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए ।

विगतमा २५ वर्षसम्म निरन्तर सञ्चालन गरिएको पूजा विगतमा केही वर्ष रोकिएकोमा पुनः आठ वर्षपछि मङ्सिर २३ गतेदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१ औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो ।

भारतका ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्यमोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको कोषका उपाध्यक्ष डा. लामाले बताए । उनले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु गौरवको विषय भएको बताए ।

डा. लामाले लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आमनागरिकले साथ दिनुपर्ने बताए ।

प्राणी जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्राणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्यमोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटल भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिए । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूले ४१ औँ शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका उनले बताए । रासस

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ३५ बजे

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित

काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित

पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक

काठमाडौं – नायक पल शाह फिचर्ड म्युजिक भिडियो ‘राम कसम’

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी

काठमाडौं- इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अली लारिजानीले ठूलो आतंककारी

श्रम संस्कृति पार्टीले सार्वजनिक गर्‍यो चारजना समानुपातिक सांसदको नाम

काठमाडौं– श्रम संस्कृति पार्टीले चारजना समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको