बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न « Khabarhub

बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न भएको छ । विश्वशान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरेका छन् ।

मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)को उपस्थितिमा आज समापन गरिएको हो । प्रणिधान र बुद्धपाठले दश दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए ।

विगतमा २५ वर्षसम्म निरन्तर सञ्चालन गरिएको पूजा विगतमा केही वर्ष रोकिएकोमा पुनः आठ वर्षपछि मङ्सिर २३ गतेदेखि सुरु भएको थियो । लुम्बिनी विकास कोषको पहलमा ४१ औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो ।

भारतका ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्यमोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको कोषका उपाध्यक्ष डा. लामाले बताए । उनले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु गौरवको विषय भएको बताए ।

डा. लामाले लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आमनागरिकले साथ दिनुपर्ने बताए ।

प्राणी जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्राणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्यमोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटल भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिए । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूले ४१ औँ शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका उनले बताए । रासस

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ३५ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको