राष्ट्र बैंकको प्रतिवेदन : ०८०/८१ मा साढे १७ खर्बको बजेट, खर्च १४ खर्ब, प्राप्ति १०८२ अर्ब | Khabarhub Khabarhub

राष्ट्र बैंकको प्रतिवेदन : ०८०/८१ मा साढे १७ खर्बको बजेट, खर्च १४ खर्ब, प्राप्ति १०८२ अर्ब


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको नेपालले १४ खर्ब आठ अर्ब दुई करोड रुपैयाँ कुल सरकारी खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा आइतबार पेश गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा सरकारी खर्चबारे उल्लेख छ ।

आर्थिक वर्षको १२ महिना (अघिल्लो साउनदेखि गएको असार)सम्म सरकारले अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

गत असार मसान्तसम्म चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड र शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको तथ्याङ्क उल्लेख गर्दै केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कायम भएको जनाएको छ ।

विनिमय सञ्चिति अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड हो । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको थियो । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ४९ बजे

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

म्याग्दी– म्याग्दी जिल्लामा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे

राष्ट्रपति पौडेलबाट माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको

आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने

लस एन्जल्स – आगलागीमा परेर ओलम्पिक पदक नास भएपछि अमेरिकाका

बेलायतसँगको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : डा. शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन् १९२३ मा

लस एन्जलसमा आगो लागेको समयमा पनि लुटपाट

लस एन्जलस – अमेरिकामा लस एन्जलसमा आगो अझै दन्किरहेको छ।