राष्ट्र बैंकको प्रतिवेदन : ०८०/८१ मा साढे १७ खर्बको बजेट, खर्च १४ खर्ब, प्राप्ति १०८२ अर्ब « Khabarhub

राष्ट्र बैंकको प्रतिवेदन : ०८०/८१ मा साढे १७ खर्बको बजेट, खर्च १४ खर्ब, प्राप्ति १०८२ अर्ब


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको नेपालले १४ खर्ब आठ अर्ब दुई करोड रुपैयाँ कुल सरकारी खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा आइतबार पेश गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा सरकारी खर्चबारे उल्लेख छ ।

आर्थिक वर्षको १२ महिना (अघिल्लो साउनदेखि गएको असार)सम्म सरकारले अन्य प्राप्ति समेत गरी १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

गत असार मसान्तसम्म चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड र शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको तथ्याङ्क उल्लेख गर्दै केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कायम भएको जनाएको छ ।

विनिमय सञ्चिति अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड हो । २०८१ असार मसान्तमा कायम रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय १.३ प्रतिशतले घटेको थियो । त्यसैगरी, कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ४९ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको