कति करोडका मालिक हुन् कार्तिक ? | Khabarhub Khabarhub

कति करोडका मालिक हुन् कार्तिक ?


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको कारण जोहर जस्ता शक्तिशाली निर्माता/निर्देशक पनि उनीसँग काम गर्न इच्छुक देखिन्छन् ।

‘प्यारका पन्जनामा’बाट डेब्यू गरेका कार्तिकको सुरुवाती फिल्म चर्चामा आएनन् । सन् २०१९ मा प्रदर्शनमा आएको ‘सोनुकी टिटुकी स्विटी’ फिल्मले उनलाई कलाकारका रुपमा स्थापित गरायो । अहिले भने उनी बलिउडका ‘मस्ट डिमान्डेड’ नायक हुन् ।

सन् २०२१ कोभिडका दौरानमा बनेको फिल्म ‘धमका’ १० दिन छायांकन गर्दा कार्तिकले २० करोड भारु पारिश्रमिक लिएपछि उनको चर्चा अझ चुलिएको थियो । छोटो समयको कामका लागि नवनायकले यति धेरै पारिश्रमिक लिनु बलिउडको लागि एउटा इतिहास नै भएको भारतीय सञ्चार माध्यमको दाबी छ ।

कति छ आर्यनको सम्पत्ति ?
कार्तिकले अभिनय बाहेक विज्ञापनबाट पनि राम्रो आम्दानी गर्छन् । उनले आम्दानीको स्रोत बढाउन ‘रियल स्टेट’मा समेत लगानी गरेका छन् । उनले ५० करोड भारु लगानी गरेर खोलेको ‘रियल स्टेट’ कम्पनीको पुँजी अहिले भारु २५० करोड भन्दामाथि पुगेको छ ।

कार्तिकले एउटा फिल्ममा अभिनय गर्दा ५० करोड पारिश्रमिक बुझ्छन् । उनको कमाइको अर्को प्रमुख पाटो भनेको विज्ञापन हो । उनले ब्रान्ड हेरेर एउटा विज्ञापनमा देखिए वापत एकदेखि पाँच करोडसम्म लिने गर्छन् । यसबाट उनले वार्षिक २५ करोड आम्दानी गर्ने अनुमान गरिएको छ ।

कार र बाइकको संग्रह
कार्तिक कार र बाइकमा ठूलो सोख राख्छन् । उनी महँगा बाइकमा नयाँनयाँ स्थानमा घुमिरहेको तस्वीर पनि सामाजिक सञ्जालमा राख्ने गर्छन् । त्यस्तै उनले लक्जरी कार पनि परिवर्तन गरेर चढिरहेका हुन्छन् ।

कार्तिकसँग पाँचवटा कार छन् । उनले चढ्ने बीएमडब्ल्यूको हालको बजार मूल्य ६६ लाखको हो । उनले प्रयोग गरेको ‘मिनी कपर एस’को मूल्य भने ५५ लाख हो ।

उनीसँग करोडमाथिका कार तीनवटा छन् । उनले चढ्ने पोर्श ७१८ बक्सस्टरको मूल्य एक करोड भारु हो । उनले चढ्ने  ल्याम्बोर्गिनी  उरुस  क्याप्सुलको मूल्य झन्डै चार करोड भारुको हो । उनीसँग भएको सबैभन्दा महँगो कार ‘म्याकलनेर जिटी’को बजार मूल्य भारु पाँच करोड हो ।

त्यस्तै, कार्तिकसँग रोयल इन्फिल्ड क्लासिक र रोयल इन्फिल्ड हन्टर बाइक छ । उनीसँग भएको सबैभन्दा महँगो बाइक ११ सय सीसीको डुकाटी हो । जसको बजारमूल्य साढे १५ लाख भारु छ ।

कार्तिकले हालसालै मुम्बईमा १७ करोडको अपार्टमेन्ट किनेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि