कति करोडका मालिक हुन् कार्तिक ? « Khabarhub

कति करोडका मालिक हुन् कार्तिक ?


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन बलिउडका अत्यधिक रुचाइएका नवनायक हुन् । उनीसँग धेरै महिला ‘फ्यान’हरु मोहित छन् । सन् २०११ मा इन्जिनियरिङ गर्दै फिल्ममा डेब्यू गरेका उनी अहिले स्थापित अभिनेता बनेका छन् । यसको कारण जोहर जस्ता शक्तिशाली निर्माता/निर्देशक पनि उनीसँग काम गर्न इच्छुक देखिन्छन् ।

‘प्यारका पन्जनामा’बाट डेब्यू गरेका कार्तिकको सुरुवाती फिल्म चर्चामा आएनन् । सन् २०१९ मा प्रदर्शनमा आएको ‘सोनुकी टिटुकी स्विटी’ फिल्मले उनलाई कलाकारका रुपमा स्थापित गरायो । अहिले भने उनी बलिउडका ‘मस्ट डिमान्डेड’ नायक हुन् ।

सन् २०२१ कोभिडका दौरानमा बनेको फिल्म ‘धमका’ १० दिन छायांकन गर्दा कार्तिकले २० करोड भारु पारिश्रमिक लिएपछि उनको चर्चा अझ चुलिएको थियो । छोटो समयको कामका लागि नवनायकले यति धेरै पारिश्रमिक लिनु बलिउडको लागि एउटा इतिहास नै भएको भारतीय सञ्चार माध्यमको दाबी छ ।

कति छ आर्यनको सम्पत्ति ?
कार्तिकले अभिनय बाहेक विज्ञापनबाट पनि राम्रो आम्दानी गर्छन् । उनले आम्दानीको स्रोत बढाउन ‘रियल स्टेट’मा समेत लगानी गरेका छन् । उनले ५० करोड भारु लगानी गरेर खोलेको ‘रियल स्टेट’ कम्पनीको पुँजी अहिले भारु २५० करोड भन्दामाथि पुगेको छ ।

कार्तिकले एउटा फिल्ममा अभिनय गर्दा ५० करोड पारिश्रमिक बुझ्छन् । उनको कमाइको अर्को प्रमुख पाटो भनेको विज्ञापन हो । उनले ब्रान्ड हेरेर एउटा विज्ञापनमा देखिए वापत एकदेखि पाँच करोडसम्म लिने गर्छन् । यसबाट उनले वार्षिक २५ करोड आम्दानी गर्ने अनुमान गरिएको छ ।

कार र बाइकको संग्रह
कार्तिक कार र बाइकमा ठूलो सोख राख्छन् । उनी महँगा बाइकमा नयाँनयाँ स्थानमा घुमिरहेको तस्वीर पनि सामाजिक सञ्जालमा राख्ने गर्छन् । त्यस्तै उनले लक्जरी कार पनि परिवर्तन गरेर चढिरहेका हुन्छन् ।

कार्तिकसँग पाँचवटा कार छन् । उनले चढ्ने बीएमडब्ल्यूको हालको बजार मूल्य ६६ लाखको हो । उनले प्रयोग गरेको ‘मिनी कपर एस’को मूल्य भने ५५ लाख हो ।

उनीसँग करोडमाथिका कार तीनवटा छन् । उनले चढ्ने पोर्श ७१८ बक्सस्टरको मूल्य एक करोड भारु हो । उनले चढ्ने  ल्याम्बोर्गिनी  उरुस  क्याप्सुलको मूल्य झन्डै चार करोड भारुको हो । उनीसँग भएको सबैभन्दा महँगो कार ‘म्याकलनेर जिटी’को बजार मूल्य भारु पाँच करोड हो ।

त्यस्तै, कार्तिकसँग रोयल इन्फिल्ड क्लासिक र रोयल इन्फिल्ड हन्टर बाइक छ । उनीसँग भएको सबैभन्दा महँगो बाइक ११ सय सीसीको डुकाटी हो । जसको बजारमूल्य साढे १५ लाख भारु छ ।

कार्तिकले हालसालै मुम्बईमा १७ करोडको अपार्टमेन्ट किनेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ३६ बजे

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा