तनहुँको बन्दीपुरमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास « Khabarhub

तनहुँको बन्दीपुरमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  तनहुँको बन्दीपुर गाउँपालिका– ४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए । अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको बताए ।

स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्यालोमा सतर्कता अपनाउन आग्रह गरे । उनले भने, ‘बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।

जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ०२ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर