तनहुँको बन्दीपुरमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास | Khabarhub Khabarhub

तनहुँको बन्दीपुरमा चितुवा देखिन थालेपछि स्थानीयमा त्रास


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  तनहुँको बन्दीपुर गाउँपालिका– ४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए । अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको बताए ।

स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्यालोमा सतर्कता अपनाउन आग्रह गरे । उनले भने, ‘बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।

जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ०२ बजे

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

काठमाडौं – नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि