सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ « Khabarhub

सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएका विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झण्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन् ।

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् । मालागढीमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिस समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ०८ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी