सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ « Khabarhub

सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएका विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झण्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन् ।

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् । मालागढीमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिस समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ०८ बजे

सिमलतालमा खसेको पहिरो हटाइयो, दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस