धनगढीमा स्वास्थ्य सेवामा नागरिकको पहुँच | Khabarhub Khabarhub

धनगढीमा स्वास्थ्य सेवामा नागरिकको पहुँच


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ । पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो ।

उपमहानगरले आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आर्थिक वर्ष २०७९-८० को साउनदेखि सुरु गरेको उक्त कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन गर्दै आएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । वडा स्वास्थ्य क्लिनिकमा एकजना जनरल फिजिसियन र एकजना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा दिँदै आइएको उनले बताए।  

चालु आवको साउनदेखि पुस मसान्तसम्म छ महिनामा उक्त कार्यक्रममार्फत १७ हजार पाँच सय ३१ जनाले निःशुल्क उपचार सेवा लिएका प्रमुख अवस्थीले जानकारी दिए। उनका अनुसार सो अवधिमा १३ हजार नौ सय ६३ महिला र तीन हजार पाँच सय ६८ पुरुषले सेवा लिएका छन् ।

शाखा प्रमुख अवस्थीका अनुसार छ हजार पाँच सय ६० महिला, दुई हजार सात सय ७८ पुरुष गरी नौ हजार तीन सय ३८ जनाले जनरल फिजिसियनबाट र तीन हजार पाँच सय छ जना महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा लिएका छन् । त्यस्तै, तीन हजार आठ सय ९७ महिला र सात सय ९० पुरुष गरी चार हजार छ सय ८७ जनाले आँखासम्बन्धी सेवा लिएको धनगढी उपमहानगरपालिकाले  जनाएको छ । सो अवधिमा सेवा लिनेमध्ये दुई हजार तीन सय ९४ जना ७० वर्षभन्दा माथिका रहेका छन् ।

क्लिनिकमा प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी, फिजिसियन, स्त्री तथा प्रसूति रोग, निजी अस्पतालसँगको समन्वयमा आँखा, दाँत, हाडजोर्नी, मानसिकलगायतका रोगसम्बन्धी सेवा  दिइरहेको उपमहानगरले जनाएको छ । 

सो अवधिमा दुई हजार सात सय ९८ ले निःशुल्क प्रयोगशाला जाँच, दुई हजार तीन सय २४ जना गर्भवतीले सेवा लिएकामा एक हजार चार सय ७८ ले निःशुल्क अल्ट्रासाउण्ड सेवा लिएका शाखा प्रमुख अवस्थीले बताए । क्लिनिक कार्यक्रमबाट ग्रामीण क्षेत्रका विपन्न नागरिकले सहजरुपमा विशेषज्ञ स्वास्थ्य सेवा पाइरहेको उनको भनाइ थियो । 

उपमहानगर प्रमुख गोपाल हमालले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारबाट वञ्चित भएका नागरिकलाई लक्षित गरी ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरिएको बताए । 

गत आवमा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार छ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार छ सय ८९ जनाले सेवा लिएका प्रमुख हमालले जानकारी दिए।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ३४ बजे

चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी

‘सन अफ सरदार २’ मा सञ्जय दत्तको स्थानमा रवि किशन, कारण

काठमाडौं – बलिउड अभिनेता अजय देवगनको मुख्य भूमिका रहेको बहुप्रतीक्षित

मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता

काठमाडौं – नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि