प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट | Khabarhub Khabarhub

प्रधानमन्त्री कपमा आर्मी ९७ रनमा अलआउट


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन आर्मी क्लब ९७ रनमा अल आउट भएको छ ।  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ९७ रनमा अल आउट गरेको हो । 

बागमतीका सूर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिङ लाइन धराशायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको हो । 

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । 

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ४५ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी