पहिराको जोखिममा रहेका परिवारलाई जग्गा « Khabarhub

पहिराको जोखिममा रहेका परिवारलाई जग्गा


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो । 

भूगर्भविद्, संघीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु-११ का वडाध्यक्ष बिमलराज जोशीले बताए। उक्त क्षेत्रका सोह्र घरधुरीमध्ये बाह्र घरपरिवारको अन्यत्र कुनै पनि स्थानमा जग्गा नरहेकाले जनही रू तीन लाखका दरले रू छत्तीस लाख बराबरको जग्गा खरिद गरिएको उनले बताए। 

 दोस्रो चरणमा घर बनाउने लक्ष्य राखेका छौँ । प्राविधिक रुपमा बस्न उपयुक्त मानिएको स्थानमा जग्गा खरिद गरी उक्त परिवारलाई पुनर्वासको व्यवस्था मिलाउन लागिएको नगरपालिकाले जनाएको छ । 

पहिरा प्रभावितको नाममा रजिष्ट्रेशन पास गरी जग्गा प्रदान गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। जग्गा खरिद गरेपनि जग्गाधनीलाई रकम बुझाउन बाँकी रहेकाले संघीय सरकारमा रकम निकासाका लागि अनुरोध गरी पठाइएको हो  । 

आर्थिक वर्ष २०७७-७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो । नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताए । उनका अनुसार नगरपालिकाभित्र भएका स-साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो । 

विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : ४६ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।