पहिराको जोखिममा रहेका परिवारलाई जग्गा « Khabarhub

पहिराको जोखिममा रहेका परिवारलाई जग्गा


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो । 

भूगर्भविद्, संघीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु-११ का वडाध्यक्ष बिमलराज जोशीले बताए। उक्त क्षेत्रका सोह्र घरधुरीमध्ये बाह्र घरपरिवारको अन्यत्र कुनै पनि स्थानमा जग्गा नरहेकाले जनही रू तीन लाखका दरले रू छत्तीस लाख बराबरको जग्गा खरिद गरिएको उनले बताए। 

 दोस्रो चरणमा घर बनाउने लक्ष्य राखेका छौँ । प्राविधिक रुपमा बस्न उपयुक्त मानिएको स्थानमा जग्गा खरिद गरी उक्त परिवारलाई पुनर्वासको व्यवस्था मिलाउन लागिएको नगरपालिकाले जनाएको छ । 

पहिरा प्रभावितको नाममा रजिष्ट्रेशन पास गरी जग्गा प्रदान गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। जग्गा खरिद गरेपनि जग्गाधनीलाई रकम बुझाउन बाँकी रहेकाले संघीय सरकारमा रकम निकासाका लागि अनुरोध गरी पठाइएको हो  । 

आर्थिक वर्ष २०७७-७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो । नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताए । उनका अनुसार नगरपालिकाभित्र भएका स-साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो । 

विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : ४६ बजे

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र