पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने « Khabarhub

पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्नसक्ने


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ ।

कुनै पनि अदालतको नाम उल्लेख नगरीकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ । निर्वाचन चिह्न वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम शुरु भइसकेको आयोगले जनाएको छ ।

आयोगले भनेको छ,  ‘निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी नै चलिरहने हो भने मतपत्र पुनमुद्रण गर्नुपर्ने भएकाले निर्वाचनमा ढिलाइ हुने डर छ, यसका लागि समय सीमित भइसकेको छ भने अर्कोतर्फ मतपत्रका लागि उपलब्ध विशेष कागज पनि गुम्ने छ ।’

सन् २०१८ को आम निर्वाचनमा ११ हजार ७०० उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा आगामी आम निर्वाचनका लागि उम्मेदवारको सङ्ख्यामा १८ हजार ५९ जना अर्थात् ३३ प्रतिशत बढी उम्मेदवारले भाग लिने आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचन चिह्न परिवर्तन गर्ने प्रवृत्ति नरोकिने हो भने त्यस्ता निर्वाचन क्षेत्रमा निर्वाचन सार्नुको विकल्प छैन भन्ने पनि विचार गरिएको छ । निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरका अनुसार निर्वाचन आयोगले प्रान्तीय निर्वाचन आयुक्त, डीआरओआरओलाई यो चरणमा चुनाव चिह्न परिवर्तन नगर्न र आवश्यक परेमा यसको लागि अनुमति लिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १ : ५६ बजे

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन