सूर्य तामाङ चम्किदा बागमतीसँग आर्मी स्तब्ध « Khabarhub

सूर्य तामाङ चम्किदा बागमतीसँग आर्मी स्तब्ध


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो । यस अघि बागमतीका सूर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिङ लाइन धराशायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । 

बागमती प्रदेशका बलर प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए भने क्रिजन गुरुङले एक विकेट लिएका थिए । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए भने भीम सार्कीले १८ तथा विवेक यादवले ११ रन बनाएका थिए । 

यो बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले अर्को खेल बिहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली