राष्ट्रियसभा निर्वाचन : सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए । 

आयोगले प्रदेश राजधानी मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउने निर्देशन दिएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको आयोगले जनाएको छ । 

आयोगले मतदातालाई मतदान केन्द्र रहेका जिल्लाका होटल व्यवसायीसँग समन्वय गरी मतदाताकै निजी खर्चमा बसोबास, उम्मेदवार र मतदाता निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र हिँडडुलको व्यवस्था तथा मतदान केन्द्र र मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । 

आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : २५ बजे

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल

पत्रकार दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

एजेन्सी – इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा

कुलिङ पिरियड विवाद : छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ

केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई प्रदेश कार्यसमितिमा चुनाव लड्न नपाउने व्यवस्था गरौँ : उर्मिला थपलिया 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई