केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने « Khabarhub

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो । प्रतियोगिताको फाइनलबाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । प्रतियोगितामा विजयी टोलीलाई ११ लाख र दोस्रो हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : १४ बजे

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली