पाथीभरामा एक महिनामा ३५ लाख भेटी सङ्कलन « Khabarhub

पाथीभरामा एक महिनामा ३५ लाख भेटी सङ्कलन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ३१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६