मानसिक रोगको ग्राफ : सामाजिक सञ्जाल पनि कारक | Khabarhub Khabarhub

मानसिक रोगको ग्राफ : सामाजिक सञ्जाल पनि कारक

२० देखि ५० वर्षसम्मका व्यक्तिमा बढी समस्या, बालबालिका पनि प्रभावित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा बढ्दो बेरोजगारी र आर्थिक मन्दीका कारण मानिसहरुमा निराशा बढ्दै गएको छ । यो निराशाले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत असर पार्न थालेको छ । यसले गर्दा मानसिक रोगीहरुको संख्या बढ्न थालेको भन्दै चिकित्सकहरुले चिन्ता प्रकट गरेका छन् । मानसिक स्वास्थ सम्बन्धी समस्याबारे समयमै सजगता अपनाउनुपर्ने  विज्ञहरुको सुझाव छ ।

देशका ३० प्रतिशत जनसङ्ख्यामा मनोसामाजिक समस्या रहेको पाइएको छ । अस्पतालमा आउने बिरामीको अवस्थाका आधारमा ३० प्रतिशत मानिस कुनै एक प्रकारको मनोसामाजिक समस्यामा रहेको चिकित्सकहरुले औंल्याएका छन् ।

मानसिक स्वास्थ्य कुनै एक कारणले मात्र नहुने चिकित्सकहरु बताउँछन् । मानसिक स्वास्थ्यमा अन्य बिरामीमा जस्तो ब्याक्टेरिया, भाइरस पर्टिकुलर चिज नहुने उनीहरुको भनाइ छ । मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्यूरो केमिकल ब्यालेन्सको कुराहरू तथा अनुवंशिकताका कुराहरूले पनि मानसिक समस्या निम्त्याउन सक्ने मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डाक्टर सुरज तिवारी बताउँछन् ।

चिकित्सकका अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि कतिपय युवा युवतीहरुमा मानसिक रोगको समस्या देखिएको छ 

सामाजिक कारणहरूमा पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागूपदार्थ दुर्व्यसन, मानिसहरूको महत्वाकांक्षी सोच, सोचेजस्तो नतिजा नआउनु, बेरोजगारी जस्ता कुराहरुले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको उनको भनाइ छ । मानसिक स्वास्थ्य निम्त्याउने अर्को कारण साइकोलोजिक पनि हुन सक्ने डा. तिवारी बताउँछन् । उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि कतिपय युवा युवतीहरुमा मानसिक रोगको समस्या देखिएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या सबै उमेर समुहमा देखिने भएपनि २० देखि ५० वर्षसम्मका व्यक्तिहरुमा अझ बढी देखिएको तथ्याङ्कले जनाउँछ । बालबालिका र किशोर किशोरीहरुमा विद्यालयमा तथा सहपाठीहरुबीच हुने सामान्य धम्कीका कारण पनि मानसिक स्वास्थ्य  समस्या बढेको पाइएको छ ।

मानसिक रोग एक सय भन्दा बढी प्रकारका भएकाले नेपालमा कुन समस्या कति प्रतिशतमा छ भन्ने यकिन तथ्यांक भने छैन । तर, अस्पतालमा उपचारका लागि आएका बिरामीका आधारमा सबैभन्दा धेरै मानिस डिप्रेसनको सिकार भएको पाइएको डा. तिवारीले बताए ।

पाटन अस्पतालका अनुसार अस्पतालमा आएका मध्य झण्डै ७ प्रतिशत बिरामी डिप्रेसन, ५ प्रतिशत सुस्त मनस्थिति र २ प्रतिशतमा साइकोसिसको समस्या देखिएको छ । अस्पतालमा आएका १० प्रतिशत बिरामीमा सामान्य समस्या पाइने गरेको मानसिक अस्पताल पाटनकी सूचना अधिकारी लता गौतमले खबरहबलाई बताइन् ।

रोग पहिल्याउन नसक्दा थपिँदै जटिलता

नेपालमा मानसिक रोगले ग्रस्त पारेपछि मात्र अस्पताल पुर्‍याउने प्रवृतिले गर्दा उपचारमा समस्या आएको मनोचिकित्सक डा. तिवारी बताउँछन् । उनी भन्छन, ‘हाम्रो समाजमा कडाखालको मानसिक रोगलाई मात्र मानसिक रोग भन्ने गरिन्छ । सामान्य समस्यामा वेवास्ता गर्ने र रोगले गाँजेर जटिल अवस्थामा पुर्‍याए पछि मात्रै चिकित्सकको परामर्शमा ल्याइने गरिन्छ । जसले मानसिक समस्याको समाधानमा चुनौती थपिदिएको छ ।’

डा. तिवारीका अनुसार धेरैजसो मानसिक समस्या सामान्य परामर्शमा नै निको हुन्छन । तर, नेपालमा मानसिक समस्यालाई सामाजिक रुपमा गरिने अस्वभाविक व्यवहारका कारण यसको नियन्त्रणमा चुनाती देखिएको उनको भनाइ छ ।

समाजले हेयको दृष्टिले हेर्ने भयका कारण सुरुमा बिरामीले आफ्नो समस्याका बारेमा परिवार तथा आफन्तलाई भन्न नसक्ने र यसले जटिल रुप लिएपछि नियन्त्रणमा समस्या देखिने गरेको उनले बताए ।

नेपालमा मानसिक स्वास्थ्यका विषयमा दिइने शिक्षाको कमीका कारण पनि रोगको पहिँचानमा समस्या देखिने गरेको सूचना अधिकारी गौतम बताउँछिन् ।

मानसिक अस्पताल पाटनमा उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका छन् । पाटन अस्पतताललाई २०० शैयाको बनाउने गरी काम भइरहेको छ

मानसिक अस्पताल पाटनमा उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका रहेको भन्दै उनले रोगको विषयमा जानकारी नहुँदा समयमा नै यसको निराकरण हुन नसकेको बताइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य अहिले विश्वकै गम्भीर समस्याको रुपमा देखिएको छ । विश्वका ५० करोड मानिस यस्तो समस्याबाट ग्रसित रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्कका अनुसार विश्वमा १६ करोड मानिस डिप्रेसन, ३ करोड स्किजोफेनिया, १० करोड मादकपदार्थको दुर्व्यसन र २ करोडमाननिस लागूपदार्थको दुर्व्यसनको शिकार बनेका छन् । मानसिक समस्याकै कारण विश्वभरमा वर्षेनी १० लाख भन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

नेपालमा भने हाल दैनिक १९ जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेकोे तथ्याङ्क रहेको सूचना अधिकारी गौतमले बताइन् ।

उपचारमा जटिलता

एक त मानसिक स्वास्थ्यको समस्या देखिएका बिरामी जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने र अर्को अस्पतालमा पर्याप्त बेड नहुँदा उपचारमा समस्या देखिएको पाटन अस्पतालकी सूचना अधिकारी गौतमले जानकारी दिइन् ।

उनले भनिन्, ‘मानसिक अस्पताल पाटनमा दैनिक १८० भन्दा धेरै बिरामी आउने गर्दछन् । तर अस्पतालमा तीन इमर्जेन्सी र ४७ अन्तरंग गरी जम्मा ५० बेड मात्रै छ । अन्तरंगमा लामो समय राख्नुपर्ने बिरामीलाई भर्ना गरिन्छ । जसले गर्दा बिरामीको चाप व्यवस्थापनमा समस्या देखिएको छ ।’ अस्पतालमा पर्याप्त बेड नहुँदा धेरै बिरामीलाई फर्काउने गरिएको उनले जानकारी दिइन् ।

सूचना अधिकारी गौतमका अनुसार मानसिक अस्पताल पाटनमा हाल मानसिक रोग विशेषज्ञसहित २ सय ३० जना कर्मचारी छन् । बालबालिका र किशोर किशोरीहरुका लागि छुट्टै युनिट बनाएर उपचारको व्यवस्था पनि गरिएको छ । पछिल्लो सयम मानसिक स्वास्थ्यका बिरामी बढ्दै जाँदा सरकारले पनि यसलाई महत्वका साथ हेरेको छ । जसका कारण अस्पतालको पूर्वाधार विकाससँगै पाटन अस्पतताललाई २०० शैयाको बनाउने गरी काम भइरहेको उनले जानकारी दिइन् ।

पाटन अस्पतालमा मानसिक स्वास्थ्यका बिरामीको चाप बढ्दै गएपछि सरकारले सबै जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अघि बढाएको उनले बताइन् ।

स्थानीय तह, सरकारी स्वास्थ्य चौकी, अस्पतालमार्फत ७७ वटै जिल्लामा सामुदायिक स्वास्थ्य पुर्‍याइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । सबै ठाउँमा मानसिक स्वास्थ्यको जानकारी लिने परामर्श केन्द्र हुँदा यसको नियन्त्रणमा सहजता हुने मनोचित्सिक डा.तिवारी बताउँछन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : २७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी