क्षेप्यास्त्र आक्रमणपछि इरान र पाकिस्तानबीच तनाव | Khabarhub Khabarhub

क्षेप्यास्त्र आक्रमणपछि इरान र पाकिस्तानबीच तनाव


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हवाई क्षेत्र उल्लङ्घनको विवादका कारण इरान र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ । इरानले पाकिस्तानी भूमिमा गरेको क्षेप्यास्त्र आक्रमणबाट दुई बालबालिकाको मृत्यु हुनुका साथै तीन बालिका घाइते भएको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

पाकिस्तानले इरानद्वारा आफ्नो हवाई क्षेत्रको उल्लङ्घनको कडा निन्दा गरेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । मन्त्रालयले देशको सार्वभौमिकताको यो उल्लङ्घन पूर्ण रूपमा अस्वीकार्य रहेको ठहर गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको छ । पाकिस्तानको कडा विरोध तेहरानमा इरानी विदेश मन्त्रालयका सम्बन्धित वरिष्ठ अधिकारीसमक्ष दर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाकिस्तान र इरानबिच सञ्चारका धेरै माध्यमहरू अस्तित्वमा भएपनि यो अवैध कार्य चिन्ताको विषय भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । पाकिस्तानका लागि इरानी कार्यबाहक राजदूतलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाई पाकिस्तानको सार्वभौमिकतामाथिको उल्लङ्घनका लागि कडा निन्दा गरिएको र यसबाट उत्पन्न परिणामको लागि इरान पूर्ण रूपमा जिम्मेवार हुने विज्ञप्तिमा जनाइएको छ ।

पाकिस्तानले सधैं आतङ्कवाद यस क्षेत्रका सबै देशहरूका लागि साझा खतरा भएको भन्दै यसलाई क्षेत्रीय सहकार्यमार्फत् सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ । यस्ता एकपक्षीय कार्यहरू असल छिमेकी सम्बन्ध अनुकुल नभएको र यसले द्विपक्षीय विश्वासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने पाकिस्तानले बताएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : १७ बजे

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने