समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति यादव « Khabarhub

समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति यादव


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताएका छन् ।

उपराष्ट्रपति निवास पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताए ।

“भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको छ, हामीले भारतबाट आर्थिक, प्राविधिकलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएका छौँ”, उपराष्ट्रपतिले भने, “हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पाइपलाइन, जलविद्युत् तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आइसिपी) र मानव संशाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ ।”

छिमेकीलाई प्राथमिकता दिने भारतको नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपाल भारतबीच दीर्घकालीन ऊर्जा व्यापारलगायत सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र आगामी दिनमा पनि रहिरहने बताए । “भारत नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा छ, यसअघि कृषिमा भएको सम्झौता परिमार्जन गर्दै र खानेपानीको क्षेत्रमा भारतले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्न भारत तयार छ”, उनले भने ।

राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग विशेष लगाव रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले भारतले नेपाललाई दिएको महत्व र प्राथमिकतालाई दर्शाएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : ५८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग