मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन « Khabarhub

मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धरान– यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेको छ ।

बुधबार धरानको भानुचोस्थित बसपार्कमा बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको हो । शिविरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बसपार्क मजदुरहरुसँग भेटघाट, छलफल तथा समस्याहरु सूचीकरण गरेका छन् ।

मजदुरहरुको सडकका समस्याहरुको पहिचान गर्ने, समस्याहरुलाई सुत्रबद्ध गर्ने, सम्भव भएसम्म तत्काल समाधान गर्ने र तत्काल समाधान गर्न नसकिएका समस्याहरु सुत्रबद्ध गरेर समाधानको उपायहरुको खोजी गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने शिविरमा समस्याहरुको संकलनका साथै मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सदस्यता कार्यथालोमै हस्तान्तरण गर्ने उद्देश्य रहेको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताए ।

शिविरमा जिफन्ट धरान उपमहानगर अध्यक्ष शमशेर बर्देवा, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा लगायतका सहभागी छन् भने धरान वडा नम्बर २ का अध्यक्ष रमेश राई समेत शिविरमा उपस्थित भएर सँगठनको छलफलमा सहभागिता र एक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ८ : ३९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा