अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने « Khabarhub

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने भएका छन् । भारतका लागि मौरिससको उच्च आयुक्त हायमनदोयल दिलमले राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच आफ्नो समुदायले पनि दियो बाल्ने घोषणा गरेका हुन् ।

अयोध्यामा आगामी जनवरी २२ मा राम मन्दिरको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ । उनले अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाको विषय आफ्नो मुलुकका जनताको अध्यात्मसँग पनि जोडिएको उच्च आयुक्त दिलमले बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा मौरिससका मन्दिरमा दियो बालिनेछ । त्यसैगरी, सो अवसरमा मौरिससका जनताले रामायण पनि पाठ गर्ने तय भएको दिलमको भनाइ छ ।

हिन्द महासगरमा अवस्थित टापु राष्ट्र मौरिससमा आधा जनसङ्ख्याले हिन्दू धर्म मान्दै आएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५९ बजे

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न