६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी | Khabarhub Khabarhub

६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो ।

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो ।

खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उद्घाटन गरे । आयोजना निर्माण गर्न दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

आयोजना निर्माणमा ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए ।

छवटा मुहानबाट सङ्कलन गरेर बस्तीसम्म पानी ल्याइएको हो । आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ सङ्कलन ट्याङ्की र नौ वितरण ट्याङ्की निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताए ।

‘स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्’, उपाध्यक्ष राईले भने । चालू आर्थिक वर्ष २०८०–८१ मा थप ८० परिवारको घरमा पानी पु¥याउने लक्ष्य रहेको उनले बताए ।

कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । विसं २०७५ देखि आयोजना निर्माण थालिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ८ : ४३ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको