आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै « Khabarhub

आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप लिग– २ को त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सँग खेलिरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेदरल्याण्ड्सले ब्याटिङ सुरु गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले आज लिग–२ मा खेलाएको छ ।

लिग– २ को सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

लिग– २ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

नेपालले त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : २७ बजे

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

चितवन– पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा– बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा