जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश « Khabarhub

जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

फागुन ३ गते सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदाय बीच झडप भएको थियो।

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर आज विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीय बासी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि स्नात नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। इशनाथ नगरपालिकाको पूर्वमा जोकाहा गाउँ पश्चिममा सानो जोकाहा गाउँ उत्तरमा रामपुरखाप दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो।

साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। 

सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ७ : १३ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म