फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो | Khabarhub Khabarhub

फिलिपिन्सको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

मनिला – दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।
क्षेत्रीय प्रकोप रोकथाम कार्यालयले शनिबार दिएको जनाकारी अनुसार बेपत्ता अन्य ९ जनाको खोजी कार्य जारी छ ।

फेब्रुअरी ६ को साँझ वर्षात्का कारण गएको पहिरोको चट्टान, माटो र भग्नावशेषले माको शहर नजिकैको खानी फर्ममा कामदारहरू लैजानका लागि प्रयोग गरिएका दुईवटा बसहरू पुर्दा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा ३२ जना घाइते भएका छन् । विश्व जोखिम सूचकाङ्क २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्राकृतिक प्रकोप हुने देशहरूको सूचीमा पहिलो स्थानमा राखेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०६ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान