सांकेतिक तस्बिर

अपराध

चरेस र सालकको खपटासहित तीन जना पक्राउ

By खबरहब

February 17, 2024

मकवानपुर – मकवानपुरमा अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–९ टिपटारबाट करिब १० किलो चरेस र करिब १ किलो तौलको सालकको खपटासहित तीन जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबितागोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।