छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा. २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालक काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्‍ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुनिता श्रेष्ठको छोरा ३ वर्षीय बिमर्स श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता सल्यानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली बजारमा लु ८० प १४११ नम्बरको मोटरसाइकल र ना. ६ ख २२५३ नम्बरको टेलर एकआपसमा ठक्कर खाई शुक्रबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका–३ धनेखर्कमा लु.४ त ६१७ नम्बरको ट्याक्टरबाट खसेरसोही गाउँपालिका धापे बस्ने चन्द्र बहादुर खडकाको छोरा ६ वर्षीय सन्दिप खडकाको शुक्रबार बेलुकी मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाही बरहथवा नगरपालिका ९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना.२ त ७५२५ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक बारा पचरौत नगरपालिका–५ बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ४४ बजे

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।

वैशाख २८ गते प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने 

काठमाडौं– वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन

गृहमन्त्री लामिछानेको तर्क- मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध