छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा. २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चालक काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्‍ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुनिता श्रेष्ठको छोरा ३ वर्षीय बिमर्स श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता सल्यानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–६ सुनौली बजारमा लु ८० प १४११ नम्बरको मोटरसाइकल र ना. ६ ख २२५३ नम्बरको टेलर एकआपसमा ठक्कर खाई शुक्रबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका–३ धनेखर्कमा लु.४ त ६१७ नम्बरको ट्याक्टरबाट खसेरसोही गाउँपालिका धापे बस्ने चन्द्र बहादुर खडकाको छोरा ६ वर्षीय सन्दिप खडकाको शुक्रबार बेलुकी मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाही बरहथवा नगरपालिका ९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना.२ त ७५२५ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक बारा पचरौत नगरपालिका–५ बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ४४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।