अस्ट्रेलियाली राज्यका १० प्रतिशत पुरुष घरेलु हिंसा गर्दा कानूनी कारबाहीमा « Khabarhub

अस्ट्रेलियाली राज्यका १० प्रतिशत पुरुष घरेलु हिंसा गर्दा कानूनी कारबाहीमा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु)मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी)द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइएको हो । अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ ।

समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ । परिवार र घरेलु हिंसाका अपराधहरू तीन समूहका मानिसद्वारा गरिएका सबै आपराधिक अपराधमध्ये लगभग आधा हुन् ।

एआइसीका उपनिर्देशक रिक ब्राउनले अनुसन्धानले अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको उच्च प्रचलनलाई उजागर गरेको बताए ।

‘घरेलु हिंसा गर्नेहरूलाई पहिचान गरी लक्षित गरेर विशेषगरी अपराधलाई सामान्य रूपमा रोक्न सक्छौँ’, उनले विज्ञप्तिमा लेखेका छन्‌, ‘यो प्रतिवेदन अस्ट्रेलियामा जनसङ्ख्याको नमूनामा रेकर्ड गरिएको पारिवारिक र घरेलु हिंसा अपराधीहरूको व्यापकताको पहिलो अनुमान हो । यो पारिवारिक र घरेलु हिंसाका अपराधीहरूको दृश्यता बढाउने दिशामा महत्त्वपूर्ण कदम हो ।’

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बरको सुरुमा अस्ट्रेलियाका सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले घरेलु हिंसा रोक्न र पीडितहरूलाई सहयोग गर्न पाँच वर्षे योजनामा चार अर्ब ७० करोड अस्ट्रेलियाली डलर (तीन अर्ब १० करोड अमेरिकी डलर) लगानी गर्न सहमत भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ९ : ०१ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर