यसरी निर्माण भएको थियो शाहरुखको आइकोनिक डाइलग | Khabarhub Khabarhub

यसरी निर्माण भएको थियो शाहरुखको आइकोनिक डाइलग


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘डर’ फिल्मका अभिनेता शाहरुख खानले बोलेको डाइलग ‘के… के… किरण’ आजका दिनमा पनि चर्चा हुन्छ । फिल्म प्रदर्शनमा आएको तीस वर्षपछि पिन डाइलगको चर्चा हुनु सामान्य विषय पक्कै होइन ।

यो डाइलग शाहरुखको परिचय नै बनेको छ । अझै पनि उनको नक्कल गर्नेहरूले यही डाइलगको प्रयोग गरेको पाइन्छ । फिल्मकी लेखिका हनी इरानीले यो आइकोनिक डाइलग कसरी निर्माणको कथा खुलाएकी छिन् । डाइलगलाई फरक शैलीमा बोल्न पूरा टिमले दिमाग लगाएको उनको भनाइ छ ।

फिल्ममा शाहरुख ‘राहुल’ र नायिका जुही चावला ‘किरण’को भूमिकामा छन् । आमाको मृत्युका कारण राहुलमा नारी मोह अत्यधिक भएकाले महिलाहरूसँग बोल्न डराउने हुन्छ । यसै सन्दर्भलाई मिल्ने गरी महिलासँग डराएकै शैलीमा शाहरुखलाई डाइलग दिने निर्णय निर्माण टिमले गरेको लेखक हनी बताउँछिन् ।

कोमल नाहटासँगको एक अन्तर्वार्तामा हनी भन्छिन्, ‘मलाई लाग्यो कि राहुलले किरणलाई अत्यधिक माया गर्छ । धेरै माया गर्ने केटा उसको अगाडि पर्दा पनि अहसज मान्छ भने उसको नाम समान्य रुपमा लिन्छ र ? भन्ने प्रश्न उठ्यो । अनि हामीले किरणको नाम राहुलले असहज गरी लिन्छ भन्ने निर्णय गर्‍याैँ । त्यो सबैलाई धेरै मन पर्‍याे । सबैले उत्कृष्ट भएको बताए ।’

हनीले शाहरुख पहिलो रोजाइको नायक नभएको समेत बताएकी छिन् । यश चोपडा र अमिर खानबीचको असमझदारीका कारण यो फिल्म शाहरुखले पाएको हनीको बुझाइ छ । उनी भन्छिन्, ‘जब यो क्यारेक्टर बनेको थियो, पहिला अमिरले यो भूमिका निभाउन लागेका थिए । त्यसपछि उनी र यश बीच के भयो थाहा छैन । हामीलाई अमिर फिल्ममा अनुबन्ध हुन असहज छन् भन्ने जानकारी दिइयो ।’

अमिरले अस्वीकार गरेपछि शाहरुख तत्कालै फिल्ममा अनुबन्ध भएको उनी स्मरण गर्छिन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ५२ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा