यसरी निर्माण भएको थियो शाहरुखको आइकोनिक डाइलग « Khabarhub

यसरी निर्माण भएको थियो शाहरुखको आइकोनिक डाइलग


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘डर’ फिल्मका अभिनेता शाहरुख खानले बोलेको डाइलग ‘के… के… किरण’ आजका दिनमा पनि चर्चा हुन्छ । फिल्म प्रदर्शनमा आएको तीस वर्षपछि पिन डाइलगको चर्चा हुनु सामान्य विषय पक्कै होइन ।

यो डाइलग शाहरुखको परिचय नै बनेको छ । अझै पनि उनको नक्कल गर्नेहरूले यही डाइलगको प्रयोग गरेको पाइन्छ । फिल्मकी लेखिका हनी इरानीले यो आइकोनिक डाइलग कसरी निर्माणको कथा खुलाएकी छिन् । डाइलगलाई फरक शैलीमा बोल्न पूरा टिमले दिमाग लगाएको उनको भनाइ छ ।

फिल्ममा शाहरुख ‘राहुल’ र नायिका जुही चावला ‘किरण’को भूमिकामा छन् । आमाको मृत्युका कारण राहुलमा नारी मोह अत्यधिक भएकाले महिलाहरूसँग बोल्न डराउने हुन्छ । यसै सन्दर्भलाई मिल्ने गरी महिलासँग डराएकै शैलीमा शाहरुखलाई डाइलग दिने निर्णय निर्माण टिमले गरेको लेखक हनी बताउँछिन् ।

कोमल नाहटासँगको एक अन्तर्वार्तामा हनी भन्छिन्, ‘मलाई लाग्यो कि राहुलले किरणलाई अत्यधिक माया गर्छ । धेरै माया गर्ने केटा उसको अगाडि पर्दा पनि अहसज मान्छ भने उसको नाम समान्य रुपमा लिन्छ र ? भन्ने प्रश्न उठ्यो । अनि हामीले किरणको नाम राहुलले असहज गरी लिन्छ भन्ने निर्णय गर्‍याैँ । त्यो सबैलाई धेरै मन पर्‍याे । सबैले उत्कृष्ट भएको बताए ।’

हनीले शाहरुख पहिलो रोजाइको नायक नभएको समेत बताएकी छिन् । यश चोपडा र अमिर खानबीचको असमझदारीका कारण यो फिल्म शाहरुखले पाएको हनीको बुझाइ छ । उनी भन्छिन्, ‘जब यो क्यारेक्टर बनेको थियो, पहिला अमिरले यो भूमिका निभाउन लागेका थिए । त्यसपछि उनी र यश बीच के भयो थाहा छैन । हामीलाई अमिर फिल्ममा अनुबन्ध हुन असहज छन् भन्ने जानकारी दिइयो ।’

अमिरले अस्वीकार गरेपछि शाहरुख तत्कालै फिल्ममा अनुबन्ध भएको उनी स्मरण गर्छिन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्